Bisal Chautari Logo

प्रिमियर लिगमा आज महाभिडन्त हुदै : आर्सनल भर्सेस सिटी, एभर्टनको होममा लिभरपुललाई निम्तो

- २४ आश्विन २०७७, शनिबार ०६:०५ मा प्रकाशित


एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज विशेष ४ खेल हुँदैछन् । पहिलो खेल अन्तर्गत साँझ ५ः१५ बजे एभर्टन र लिभरपुलले प्रतिस्पर्धा गर्दैछन् ।

उत्कृष्ट लयमा रहेका यी दुबै टिम जित निकाल्ने दबाबमा रहेका छन् । खेल एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा हुँदैछ । शीर्षस्थानमा रहेको एभर्टनले ४ खेलमा शतप्रतिशत नतिजा निकालेको छ भने लिभरपुलले ४ खेलमा १ पराजित ब्यहोरेको छ ।

यस्तै राति १०ः१५ बजे आर्सनल र म्यान्चेस्टर सिटीले प्रतिस्पर्धा गर्दैछन् । खेल सिटीको होममा हुँदैछ । आर्सनलले यो सिजन उत्कृष्ट लयमा खेल खेलिरहेको छ भने सिटीको प्रदर्शन त्यति राम्रो छैन ।

आर्सनलले ४ खेलमा ३ जित निकाल्दा सिटीले भने ३ खेलमा १ मात्र जित निकालेको छ । आज हुने खेलहरु निम्न रहेका छन् ।

१७ः१५ बजे एभर्टन भर्सेस लिभरपुल

१९ः४५ बजे चेल्सी भर्सेस साउथह्याम्प्टन

२२ः१५ बजे म्यान्चेस्टर सिटी भर्सेस आर्सनल

००ः४५ बजे न्युक्यासल युनाइटेड भर्सेस म्यान्चेस्टर युनाइटेड

प्रतिक्रिया