Bisal Chautari Logo

बेलबारीबाट ६ जुवाडे अढाइ लाख नगदसहित पक्राउ

- २४ आश्विन २०७७, शनिबार ०५:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २४ शनिवार ।
मोरङको बेलबारीबाट छ जना जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति उनीहरूलाई बेलबारी नगरपालिका-४ बाट पक्राउ गरिएको हो।

स्थानीय अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई दुई लाख ५३ हजार २३५ रुपैयाँसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।

पक्राउ पर्नेमा बेलबारी-३ का रित गुरुङ, बेलबारी-११ लक्ष्मीमार्गका सुजय गौतम, चन्द्र लिम्बू, दमक नगरपालिका-५ का धमेन्द्र राई, सुनसरी इटहरी-१ का प्रदीप तामाङ र धनुषा चारनाथ नगरपालिका-८ का पर्शुराम भुजेल छन्।

जुवा अखडाबाट एक सेट कौडा, तीन बुङ तास, को२च २८१९ नम्बरको स्कार्पियो, अनटेष्ट मोटरसाइकल र को२३प १३८७ नम्बरको स्कुटर बरामद भएको छ।

प्रतिक्रिया