Bisal Chautari Logo

बुटवलका थप एकजना कोरोना संक्रमितको मृत्यु

- २४ आश्विन २०७७, शनिबार ०५:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २४ शनिवार ।
 रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल–१० का ७९ वर्षीय पुरुषको शनिबार बिहान सवा ७ बजे मृत्यु भएको हो ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार मृत्यु भएका पुरुषमा असोज १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

निमोनिया र मिर्गौलाका रोगी उनलाई १३ दिनसम्म भेन्टिलेटरको सहायतामा उपचार गरिए पनि बचाउन नसकिएको डा. थापाले बताए ।

प्रतिक्रिया