Bisal Chautari Logo

बेलौरी नगरका तीन कर्मचारीमा कोरोना संक्रमणको पुष्टि , कार्यालय एक साता बन्द

- २४ आश्विन २०७७, शनिबार ०५:४१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २४ शनिवार ।
 बेलौरी नगरपालिकाका तीन जना कर्मचारीमा कोरोनाको संक्रमण भएपछि नगरपालिका कार्यालय एक हप्ता सम्मका लागि बन्द गरिएको छ।

नगरपालिका कार्यालयमा कार्यरत तीन जना कर्मचारी र अन्य तीन जना गरी जम्मा छ जनामा शुक्रबार कोभिड १९ संक्रमण देखिएपछि शुक्रबारदेखि २९ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीले बताए।

संक्रमित व्यक्तिहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको समेत स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने भएकोले नगरपालिका कार्यालय र मातहतका सबै वडा कार्यालय २९ गतेसम्मका लागि बन्द गरिएको उनको भनाई रहेको छ।  जनस्वास्थ्यका मापदण्ड पालना गरी आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न नगरवासीलाई अनुरोधसमेत गरिएको छ।

प्रतिक्रिया