Bisal Chautari Logo

लागूऔषध र पटकासहित दुई जना पक्राउ

- २४ आश्विन २०७७, शनिबार ०५:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २४ शनिवार ।
प्रतिबन्धित लागूऔषध र पटकासहित दुई जना पक्राउ परेका छन् । शुक्रबार बेलुकी सात बजेतिर  झापाको भद्रपुर नगरपालिका २ नजिकैकको देउनिया पुल नजिकै  शसस्त्र प्रहरीको टोली चेकजाँचका क्रममा  भद्रपुर नगरपालिका १० का १९ वर्षीय आजम दाहाललाई लागूऔषधसहित पक्राउ गरेको हो।

उनीसँग लागूऔषध डाईजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी दुई ८५ एम्पुल लागूऔषध बरामद गरिएको शसस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राकेश थापाले बताएका छन्।

पक्राउ परेका दाहाल र लागूऔषध सीमा प्रहरी चौकी पृथ्बीनगरमा बुझाइएको र जिल्ला प्रहरी कार्यालय झापाले कानुनी प्रक्रिया अगाडि बढाएको बताइएको छ।

त्यस्तै भद्रपुर नगरपालिका ३ बाट एक जनालाई एक लाख ५० हजार मूल्य बराबरको पटकासहित प्रहरीले पक्राउ गरेको छ । भद्रपुर ४ का अटो चालक ढाक्रे राजबंशीलाई भारतबाट नेपालतर्फ एक लाख ५० हजार बराबरको खुर्सानी पटका ल्याउँदैगर्दा पक्राउ गरिएको हो।

उनलाई वडा प्रहरी कार्यालय भद्रपुर प्रहरी चौकी महेशपुरको टोलीले मे १ ह ३४१३ नम्बरको अटोसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीमाथि आवश्यक कारवाही अगाडि बढाइएको छ।

प्रतिक्रिया