Bisal Chautari Logo

बाँके, दाङ र रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको मृत्यु

- २४ आश्विन २०७७, शनिबार ०४:४० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २४ शनिवार ।
बाँके, दाङ र रुपन्देही गरी तीन जिल्लामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बाँकेका कोहलपुर नगरपालिका-९ पिपरीका ३८ वर्षीय पुरुषको गएराती भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो। असोज २१ गते राती ती पुरुषलाई अस्पताल ल्याएर प्लाज्मा थेरापी गरिएपनि शुक्रबार राती ११ बजे ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ।

दाङको घोराही उपमहानगरपालिका-३ का १५ वर्षीय कोरोना संक्रमित किशोरको पनि बाँकेस्थित शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ। ती किशोरमा निमोनिया देखिएको थियो। उनको शुक्रबार बेलुकी साढे आठ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

यसैगरी, रुपन्देहीको शुद्धोधन गाउँपालिका-६ का ५७ वर्षीय संक्रमित पुरुषको पनि ज्यान गएको छ। उपचारका लागि कोरोना विशेष अस्पताल बुटवल लगिएकोमा उनको शुक्रबार दिउँसो निधन भएको हो। उनी क्षयरोगबाट पनि संक्रमित रहेको खुलेको छ।

अहिलेसम्म कोरोना संक्रमणबाट बाँकेका २४ जनाको ज्यान गएको छ। अन्य जिल्लाबाट उपचारका लागि ल्याइएका थप १२ जनाले पनि बाँकेमा ज्यान गुमाएका छन्‌।

रुपन्देहीमा पनि ३४ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिक्रिया