Bisal Chautari Logo

कोरोना सङ्क्रमणका कारण दुई अधिवक्ताको मृत्यु

- २४ आश्विन २०७७, शनिबार ०४:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २४ शनिवार । 
कोरोना संक्रमित भएपछि उपचाररत रहेका  दुई जना अधिवक्ताको मृत्यु भएको छ। नेपाल बार एसोसिएसन ललितपुरका पूर्व अध्यक्ष तथा अधिवक्ता दीपककुमार बिष्ट र उच्च अदालत बार एसोसिएसन विराटनगरको कार्य समितिका पूर्व अध्यक्ष तथा अधिवक्ता रामबहादुर निरौलाको मृत्यु भएको हो।

बिष्टलाई केही दिनदेखि ललितपुरस्थित मेडिसिटीको भेण्टिलेटरमा राखिएको थियो। मुटुमा समस्या देखिएपछि केही समय पहिले उनको मुटुमा स्टेन हालिएको थियो।

त्यस्तै पाटन उच्च अदालत बार एसोसिएसन कार्यसमितिका पूर्व सदस्य तथा अधिवक्ता श्रीराज कोइरालाको पनि मृत्यु भएको छ। उनी  मृगौलामा पलाएको ट्युमरको उपचारको क्रममा पाटन अस्पताल भर्ना भएका थिए । उनको शुक्रवार  निधन भएको हो । धादिङ्, नौबिसेका कोइराला पूर्व एमालेनिकट कानुन व्यवसायीका तर्फबाट बारमा निर्वाचित भएका थिए । उनी बार एसोसिएसन हेर्ने तत्कालीन एमालेको पार्टी कमिटीमा समेत सक्रिय थिए ।

प्रतिक्रिया