Bisal Chautari Logo

तुलसीपुर १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन

- २३ आश्विन २०७७, शुक्रबार ०६:२४ मा प्रकाशित


दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ।

६५ वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

‘अलिअलि रुघाखोकी र ज्वरो आएको हुँदा निमोनिया भएको हो कि, भनेर अस्पताल लैजान गाडीमा ल्याउँदै थियौं,’ छोरा पोषण न्यौपानेले भने, ‘अस्पताल पुर्‍याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरिदिए।’

छोरा न्यौपानेका अनुसार उनका बुवालाई विगत ३/४ दिन यतादेखि सामान्य खोकी लागे पनि ज्वरो भने आएको थिएन।

‘अलि विसञ्चो भएपछि हामीले तुलसीपुरको सिटी हस्पिटलमा लगेर सामान्य उपचारपछि घरमै लगेका थियौं,’ छोरा पोषणले भने, ‘ त्यसभन्दा अघि उहाँमा कुनै पनि स्वास्थ्य समस्या थिएन।’

स्थानीय निर्वाचनमा न्यौपाने नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। वडाध्यक्ष न्यौपानेको शव अहिले राप्ती प्रादेशिक अस्पतालमै राखिएको छ।

प्रतिक्रिया