Bisal Chautari Logo

विश्व स्वास्थ्य संगठनका प्रमुखले गरे खुलासाः कहिलेसम्म आउँछ त कोरोना भ्याक्सिन ?

- २१ आश्विन २०७७, बुधबार ०६:०७ मा प्रकाशित


एजेन्सी । कोरोना भाइरस खोपको परीक्षण विश्वव्यापी रूपमा चलिरहेको छ। यसैबीच विश्व स्वास्थ्य संगठनले पनि यो खोपको बारेमा राम्रो खबर दिएको छ।

डब्ल्यूएचओ प्रमुख टेड्रस एड्नम गैबरी भन्छन् कि यस वर्षको अन्तसम्म सुरक्षित र प्रभावकारी खोप तयार पार्न सकिन्छ। यसका साथै विश्व स्वास्थ्य संगठनका प्रमुखले विश्वका सबै नेताहरुलाई पनि खोपको समान वितरण सुनिश्चित गर्न आग्रह गरेका छन्।

डब्ल्यूएचओको कार्यकारी बोर्ड बैठकमा टेड्रोसले भने, हामीलाई  कोरोना भ्याक्सिनको आवश्यकता छ र यस बर्षको अन्त्यसम्म यो खोप ल्याइने आशा छ । हामीलाई एक अर्काको साथको आवश्यकता रहेको छ । भाइरससँग लड्न पूर्ण शक्ति प्रयोग गर्नु आवश्यक रहेको छ।

विश्व स्वास्थ्य संगठनको अगुवाईमा हालसम्म ९ वटा प्रयोगिक कोरोना भ्याक्सिन पाइपलाइनमा रहेका छन् । उनले सबै देशले आफ्नो राजनीतिक प्रतिबद्धता कायम राख्नुपर्ने जसका कारण भ्याक्सिन वितरणमा सहजता हुने बताएका छन् ।

 

प्रतिक्रिया