Bisal Chautari Logo

नेपालमा आज मात्रै थप ४ कोरोना संक्रमितको मृत्यु

- २१ आश्विन २०७७, बुधबार ०५:३२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २१ बुधवार । आज कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ । बुटवलमाई २, हिजो साँझ चितवनमा १ र झापामा एक शिशुको निधन भएको हो । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका २ को निधन भएको छ । नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीया वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको आज बुधबार बिहान मृत्यु भएको हो ।

गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएका नवलपरासीका वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या थियो । बुटवल कि महिलामा भने उच्च ज्वरोबाहेक अन्य समस्या देखिएको थिएन । उनीमा गत शनिवार संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया