Bisal Chautari Logo

अनुसन्धानकर्ता भन्छ्न् : कोरोना भाइरस ९ घण्टासम्म छालामा जिवित रहनसक्छ

- २१ आश्विन २०७७, बुधबार ०५:०८ मा प्रकाशित


एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् भने करोडौँ  मानिसहरु संक्रमित भएका छन् । लगातार कोरोनाबारे अध्ययन भइराखेको छ ।

साथै नयाँ कुराहरु बाहिर आइरहेका छन् । कोरोना भाइरस मानिको छालामा कैयौँ घण्टासम्म रहने पछिल्लो अध्ययनले देखाएको छ । एक नयाँ अध्ययनले यसको पुष्टि गरेको हो ।

कोभिड-१९ ट्रान्समिशन धेरै हदसम्म एरोसोल र ड्रापलेट्स माध्यमबाट हुन्छ । क्लिनिकल इन्फेक्सियस डिजिजमा प्रकाशित एक अध्ययनमा अनुसन्धानकर्ताले भनेका छन् कि सार्स कोभिड-२ बाट बच्न राम्रोसँग हात धुनु आवश्यक रहेको छ ।

हेल्थी वालटियर्सको कोरोना इन्फेक्शनबाट बचाउनका लागि शोधकर्ताले नयाँ अध्ययनमा कैडवर स्किनको प्रयोग गरेका थिए । विशेषज्ञका अनुसार इन्फ्लुन्जा भाइरस जस्तो घातक भाइरस मानिसको छालामा २ घण्टाभन्दा बढी रहन्छ । तर, कोरोना भाइरस ९ घण्टा सम्म रहने साथै लामो समयसम्म छालामा जिवित रहने अध्ययनकर्ताहरुले बताएका छन् ।

शोधकर्ताहरुले भनेका छन् कि ८० प्रतिशत एल्कोहल रहेको स्यानीटाइजरले मात्र १५ सेकेण्डमा कुनै पनि खालेको भाइरसलाई छालाबाट गायब गर्न सक्छ । स्यानीटाइजरको प्रयोग वा हाथ धुदाँ कोरोना संक्रमण हराएर जाने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया