Bisal Chautari Logo

इतिहास रच्दै सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता

- १२ भाद्र २०७७, शुक्रबार १८:३७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र १३ शनिबार । सज्जा चौलागाईं ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनेकी छिन् । सज्जा नेपाल आइडलको इतिहासमै पहिलो पटक एक युवती विजयी बन्न सफल भएकी हुन् ।
(आज) शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् । उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

 

कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो । तर नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण ग्राण्ड फिनालेको विजेता घोषित कार्यक्रममा जज र प्रतिस्पर्धीहरु अनुपस्थित रहेका छन् ।
नेपाल आइडल निर्माण पक्षले भनेको छ, ’ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुतीहरु सकिएपश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त हुन आएकोले प्रस्तुती पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा जजहरु आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो ।’
निर्माण पक्षका अनुसार प्रतिस्पर्धी तथा आम दर्शकको भावनालाई कदर गर्दै आज बेलुका प्राप्त भोट तथा जजको मूल्यांकनको आधारमा अन्न्पूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले घोषणा गरेका छन् ।
फाइनलमा पुगेका सज्जा, प्रविण र किरणमध्ये किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा पुगेका थिए । कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो । नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।
पहिलो सिजनको विजेता बुद्ध लामा भएका थिए भने दोस्रो सिजनको विजेता रवि ओड बनेका थिए ।

विजेता बन्न भन्दा अगाडी गरिएको कुराकानी :-

प्रतिक्रिया