Bisal Chautari Logo

दुर्गेश थापाको ‘बिच्च बिच्चमा २’ सार्वजनिक (भिडियो सहित)

- १८ असार २०७७, बिहीबार १३:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, २०७७ आषाढ १८ बिहिवार ।  दुर्गेश थापाका शब्द तथा संगीत रहेकोे नयाँ गीत ‘बिच्च बिच्चमा २’ को भिडियो सार्वजनिक भएको छ । यस गीतमा हरितालिका तीज, कोरोना, लकडाउन र देशको राजनीतिक अवस्था बारे चर्चा गरिएको छ ।

भिडियो हेर्नुहोस् :-

शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा दुर्गेश थापा सहित अन्य मोडलहरुलाई देख्न सकिन्छ । जीवन शाहनी क्षेत्री, जीबि चिरन, दिपाशा विसी, अस्मिता जुरेली, टिका जैशी, सविता राई, यिनी विष्ट, शिल्पा खड्का लगायत भिडियोमा फिचर्ड छन् । छायाँकन अर्जुन तिवारीको छ ।
गत वर्ष तीजमा आएको ‘बिच्च बिच्चमा’ गीतको सफलता पछि दुर्गेशले बिच बिचमा २ ल्याएका हुन् । फिल्म छ माया छपक्कै प्रचारमा पनि दुर्गेशको बिच्च बिच्चमा गीत प्रयोग गरिएको थियो ।

प्रतिक्रिया