Bisal Chautari Logo

‘कैफियत’ शुभमुर्हतको प्रसाद बाड्दै केसीले भनिन्, फरक भुमिकामा देखिदैछु (फोटो फिचर सहित)

- २९ फाल्गुन २०७०, बिहीबार ११:०१ मा प्रकाशित


Nepali movie kaifiyat
विशाल चौतारी समाचार
काठमाण्डौ, २९ फागुन ।
नेपाली चलचित्रहरुको भीडमा फेरी अर्को चलचित्र कैफियत बन्ने भएको छ। ओम दक्षिणकाली फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुन लागेको चलचित्र कैफियतको विहिवार शुभमुहुर्त गरिएको छ।
    चलचिको विहिवार विहान राजधानीको गणेस्थान मन्दिरमा शुभ मुहर्त गरेता पनि दिउसो मात्र चलचित्रको टिमले पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र निर्माण गर्ने औपचारिक घोषणा गरेको हो। लामो समयपछि कैफियत मा देखिन लागेकी अभिनेत्री नन्दिता केसीले सम्मेलनमा बोल्दै आफु अहिलेसम्मकै फरक भूमिकामा देखा पर्न लागेको बताईन्। रमाइलो कुर के भने अभिनेत्री नन्दिताले कार्यक्रममा उपस्थित सबैलाई प्रसाद र लड्दु बाड्दु बाँड्दै चलचित्रको सफलताको कामना गरेकी थिइन्।
कार्यक्रममा बोल्दै निर्देशक गिरिले आफु चलचित्रमा खरो ढंगबाट उत्रिने बताए। उनले चलचित्र हेरे पछि दर्शकले सबै कुराको जानकारी पाउाने भन्दै चलचित्रको वारेमा खुलाउन चाहेनन्। चैत ६ गतेबाट सुटिङ आरम्भ गरिने यस चलचित्र काठमाण्डौ र पोखरामा केन्द्रित रहने बताईएको छ। चिन्तामणी बराल र धन देवकोटाले निर्माण गर्न लागेको कैफियता मा माधव शर्माको कथा, पटकथा सम्वाद रहेको छ। यसै चलचित्रबाट शंकर शाहि ठकुरीले नायकको रुपमा डेव्यु गर्दैछन्। अष्ट मान महर्जनको द्धन्द्ध र अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा मिथिला शर्मा, दिपक क्षेत्री, नविन श्रेष्ठ, सि.पी पौडेल, किसन सुनार सजना थापा लगाएत कलाकारको  अभिनय रहने छ। 
nandita kc

add

प्रतिक्रिया