Bisal Chautari Logo

अनुष्का भेट्न बिराट श्रीलंका तर्फ लागे

- २९ फाल्गुन २०७०, बिहीबार १७:५५ मा प्रकाशित


Virat Kohli Flies To Sri Lanka To Meet Anushka Sharma
एजेन्सी
मुम्बई, २९ फागुन ।
क्रिकेटका सुपरस्टार विराट कोहली र बलिउडकी चर्चित अभिनेत्री अनुस्का शर्माको बिच खास सम्वन्ध रहेको छ । यो कुरा उनीहरुले स्टार कलाकार पब्लिक फिगर भएकाले मात्र नमानेको बलिउड सञ्चार माध्ययमहरुले विश्लेशण गर्न थालेका छन् ।
यो कुरा कसरी प्रमाणित हुन्छ, भने यी दुई जोडीलाई एकसाथ धेरै चोटि भेटिएका छन् । यस्तै क्रममा बलिउडका एक मिडियाकर्मीले क्रिकेटर बिराटलाई श्रीलंका जाने जेट एयरवेज फ्लाईटमा देखेका छन् । श्रीलंकामा अभिनेत्री अनुष्का आफ्नो आउन लागेको चलचित्र ‘बम्बे वेलवेट’को सुटिङ गरिरहेकी छिन् । बलिउड सञ्चार माध्ययमहरुले बताए अनुसार क्रिकेटर बिराट अभिनेत्री अनुष्कालाई भेट्न पछ्याइ रहेका छन् । अभिनेत्री अनुस्काले अभिनय गरिरहेको चलचित्रलाई अनुराग कश्यपले निर्देशन गरिरहेका छन् ।

add

प्रतिक्रिया