Bisal Chautari Logo

गर्जियस अटायर फेसन सो–२०१४ हुने

- १ चैत्र २०७०, शनिबार १७:४८ मा प्रकाशित


fashion show
विशाल चौतारी समाचार
काठमाडौं, १ चैत ।
गर्जियस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी र १९९९ एडीले डेढ दर्जन मोडललाई र्‍याम्पमा उतार्ने भएको छ । फेसन डिजाइनरका क्रियसन प्रमोट तथा मोडलहरूको एक्टिभिटिजलाई उजागर गर्ने उद्देश्यले ‘गर्जियस अटायर फेसन सो–२०१४’ मार्फत मोडललाई र्‍याम्पमा उतार्न लागेको आयोजकले जनाएको छ ।
२२ चैतमा हुने फेसन सोका लागि राजधानीको बालकुमारीस्थित १९९९ एडी पार्टी प्यालेसमा मोडलको अडिसन लिइएको छ । कार्यक्रम पनि १९९९ एडी पार्टी प्यालेसमै हुने जनाइएको छ । अडिसनमा व्यावसायिक तथा नयाा गरी ३५ मोडलले सहभागिता जनाएका थिए । तीमध्ये १६ मोडल छनोट गरी र्‍याम्पमा उतार्ने आयोजक संस्था १९९९ एडीका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठले बताए । उनका अनुसार छनोटमा परेका मोडललाई दुई साता क्याटवाक तथा स्टेज कभरेजबारे ट्रेनिङ दिइनेछ ।
राइज ग्लोबलको इभेन्ट मेनेजमेन्टमा हुन लागेको ‘गर्जियस अटायर फेसन सो–२०१४’ मा १६ जना फिमेल मोडलले विभिन्न डिजाइनरले तयार पारेको पहिरन प्रस्तुत गर्नेछन् । अर्चना शाक्य, ममता श्रेष्ठ, शोभा महर्जन, रश्मि महर्जन, लिन्डा गुरुङ, विविसना बज्राचार्य, विमला महर्जन, रेखा महर्जन मुस्कान महर्जन, मिनु श्रेष्ठ, कृष्टिना श्रेष्ठलगायत फेसन डिजाइनरले तयार गरेका समर वेयर, गाउन, साडीलगायत विभिन्न ६ सिक्वेन्स मोडलले र्‍याम्पमा प्रस्तुत गर्नेछन् ।
गर्जियस र १९९९ एडीले गत वर्षदेखि ‘फेसन सो’ आयोजना गर्न सुरु गरेको हो । यसपटक गत वर्षको भन्दा केही सुधार गरेर कार्यक्रम गर्न लागेको गर्जियस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीकी निर्देशक के. शोभा महर्जनले बताइन् । उनले भनिन्, ‘हामीले यसपालि केही परिमार्जन गरेका छौ ।’

add

प्रतिक्रिया