Bisal Chautari Logo

चलचित्र ‘आमा’को शिर्ष गीत सार्वजनिक (भिडियो सहित)

- १७ माघ २०७६, शुक्रबार ०७:०२ मा प्रकाशित


Movie Song – AAMA – Manko Maulo
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ १७ शुक्रबार ।
दिपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’को शिर्ष गीत रिलिज भएको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत मार्मिक छ ।
भुपेन्द्र खड्काको शब्दमा आमाको समर्पण, त्याग प्रेम महसुस हुन्छ । सुभाष भुसालको संगीत रहेको गीतमा केतन क्षेत्रीको स्वर छ ।

ट्रेलर रिलिज भएसँगै हाइपमा आएको चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मालगायतका कलाकारको अभिनय छ ।
चलचित्र लेखन तथा छायांकन पनि निर्देशक खनालले नै गरेका हुन् । डिएस डिजिटलको व्यानरमा निर्मित चलचित्रमा सुभाष भुसालको संगीत, दिर्घ खड्काको सम्पादन र शर्मिला पाण्डेको लगानी छ । चलचित्र फागुन ९ देखि रिलिज हुँदैछ । भिडियो हेर्नुहोस्:

प्रतिक्रिया