Bisal Chautari Logo

धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

- १६ माघ २०७६, बिहीबार ०७:४७ मा प्रकाशित


Senti Virus – Movie Trailer || Dhurmus, Suntali
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ १६ बिहिबार ।
रियल जोडि सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको चलचित्र सेन्टी भाइरस को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा राजनीतिक विषयबस्तु उठाएको छ ।

राजनीतिसँगै चलचित्रमा पारिवारिक झमेला पनि जोडिएको छ । रामबाबु गुरुङ निर्दे्शित चलचित्रमा दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्रीलगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रमा सिताराम र कुञ्जना दुई फरक राजनीतिक दलका कार्यकर्ताको भूमिकामा देखा परेका छन् । फरक दलमा लागेर राजनीति गर्दा दम्पतिको जीवनमा आउने उतारचढाव पनि ट्रेलरमा देखाइएको छ । कमेडी र इमोसनको समिश्रणसहितको ट्रेलर व्यवसायिक लाग्छ । ट्रेलर हेर्नुहोस् :

सुबिहानि फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी छ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । यो चलचित्र फागुन ९ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया