Bisal Chautari Logo

चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

- ३ पुष २०७६, बिहीबार १५:२९ मा प्रकाशित


Aama || Nepali Movie Trailer
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ पौष ३ बिहिवार ।
दिपेन्द्र के. खनालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘आमा’को ट्रेलर आज सार्वजनिक गरिएको छ । अस्पतालमा मस्तिष्कमा रगत जमेर अचेत अवस्थामा रहेका बाबु । श्रीमानको अप्रेशनका लागि संघर्षरत श्रीमति । र विवाहित छोरी । यो चलचित्र यी तीन पात्रहरुको कथामा घुमेको छ ।

मिथिला शर्मा चलचित्रको शिर्ष भूमिकामा छिन् । उनको छोरीको भूमिकामा अभिनेत्रि सुरक्षा पन्त रहेकी छिन् । चलचित्रमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, पदम प्रसाद पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । ट्रेलर हेर्नुहोस्:

शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन् । दिर्घ खड्काको सम्पादन, सुवाष भुषालको संगीत रहेको यो चलचित्रलाई डीएस डीजीटलको ब्यानरमा निर्माण गरिएको हो ।
चलचित्रका सहायक निर्देशक सन्तोष अधिकारी हुन् । आफ्नो बाबु आमाका लागि छोरा मात्र नभएर छोरीले पनि अहंम भूमिका खेल्न सक्छन् भन्ने भाव चलचित्रको ट्रेलरले बोकेको छ ।
चलचित्र ‘पशुपति प्रसाद’पछि दर्शकले खोजेको चलचित्र बनाएको दाबी गर्दै आएका दीपेन्द्र के खनालले यसपटक आफ्नो दाबीलाई वास्तविकतामा बदलेका छन् भन्न सकिन्छ ।

प्रतिक्रिया