Bisal Chautari Logo

निलमले आफ्नै शब्द, संगीत तथा स्वरमा एल्बम ल्याउदै

- ४ चैत्र २०७०, मंगलवार १८:१५ मा प्रकाशित


neelam-roju-rai
विशाल चौतारी समाचार
काठमाडौं, ४ चैत ।
पछिल्लो समयमा महिला संगीतकारहरु नेपाली साङ्गीतिक क्षेत्रमा चम्किरहेका छन् । यस्तै क्रममा विशेष रुपले संगीतकारमा अगाडी रहेका निलम ‘रोजु’ राई नेपाली साङ्गीतिक क्षेत्रमा पहिलो एल्बमका साथमा बजारमा आउने भएका छन् । चाडै बजारमा अउन लागेको एल्बमको नाम भने ‘हलचल’ रहेको छ ।
संगीतकार निलमको यस एल्बममा संगीतमात्र रहने छैन, यस एल्बममा उनको स्वर तथा शब्दपनि सुन्न सकिने भएको छ । बाल्यकालदेखी कै संगतिमा रुचि राख्ने संगीतकार निलम बच्चैदेखी गीत संगीत लेख्ने, संगीत गर्ने र गाउने गरेको बताउछिन् । उनी प्राय गरेर स्कुलको कार्यक्रमहरुमा गीतहरु लेख्ने, गाउने गरेको सौर्य संगको कुराकानिमा बताइन् ।
संगतिमा २–४ वर्षको अध्ययन पश्चात एल्बम ल्याउन लागेकी संगीतका निलमले बाल्यकालको अनुभव सुनाउदै भने ‘१६ वर्षदेखी नै जागिर खान थाले, त्यसपछि संगीतलाई प्राथमिकता दिन पाएकी थिइन । 
तर नेपाली साङ्गीतिक क्षेत्रमा केही योगदान गर्ने उद्देश्य भएकालेपनि जागीर छाडेर एल्बम निकाल्न लागेकी हु’, संगीतकार निलमले बताइन् । एल्बम रेकर्डिङको समयमा आफुलाई अहिले सम्म जति जनाले एल्बमको गीत सुनेका छन्, सबैले राम्रो भएको प्रतिकृया दिएको बताइन् । संगै एल्बम निकाल्नपनि प्राय सबैको आग्रह भएकाले एल्बम ल्याउन लागेको संगीतकार निलमले बताइन् ।
उनको एल्बममा सात गीति समावेश रहनेछन् । एल्बममा समावेश रहने गीतहरु क्रमश: यो मनमा सायद, सुनसान रातको, आकाशमा उड्ने भए, आखैमा आउँछौ तिमी, कत्ति आए आउने जाने, तिम्रो हात समाउँदै, त्यही धुनमा बोलको गीतहरु समावेश गरिएको संगीतकार निलमले बताइन् । एल्बममा दुई डोएट गीतपनि रहने भएको छ । राजेश पायल राई, गायिका स्वयम निलम र पदम राईको स्वरमा डोएट गीत ‘यो मनमा सायद र तिम्रो हात समाउँदै रहेको छ । त्यस्तै एल्बममा क्रमश: राजेश पायल राई, पदम राई, स्वरुपराज आचार्य, निलम रोजु राई, विजोय राई, भिम बुढाथोकी मगर लगायतको स्वर रहने भएको छ । एल्बम बिमोचनमा एल्बममा समावेश एउटा गीतको म्युजिक भिडियोपनि विमोचन हुने संगीतकार निलमले बताइन् ।

add

प्रतिक्रिया