Bisal Chautari Logo

‘चपली हाइट ३’ को शुभ मुर्हत, मसिंर ५ देखि छायांकन

- ३ मंसिर २०७६, मंगलवार १४:३३ मा प्रकाशित


New Nepali Movie | Chapali Height 3 | swastima khadka,
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर ३ मंगलवार ।
अर्जुन कुमारको निर्माणमा बन्ने चलचित्र ‘चपली हाइट ३’को मंगलबार कार्य्विनायक मन्दिरमा पूजा गरेर शुभसाइत गरिएको छ ।

सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने चलचित्रको निर्देशन निकेश खड्काले गर्नेछन् । यो चलचित्र स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछ । महेश र प्रतिकले यहि चलचित्रबाट अभिनय यात्रा थालनी गर्दैछन् ।

यो चलचित्रको मंसिर ५ गतेबाट छायांकन सुरु हुँदैछ । अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो भूमिकालाई लिएर भनिन , ‘ म पुरै तयारी भएकी छैन । छायांकनमा जाँदासम्म सबै कुराले गति लिन्छ होला ।

अर्की अभिनेत्री सुपुष्पाले कथामा पाएको भूमिकाले उत्साहित गरेको बताइन । यस्तै निर्माता अर्जुन कुमारले अघिल्ला चलचित्रमा जस्तै ‘चपली हाइट ३’मा दर्शक र संचारकर्मीको साथ पाउने आशा व्यक्त गरे ।

‘चपली हाइट’को दुई शृंखला मध्ये पहिलोले व्यवसायिक सफलता पायो । भने, दोस्रोले सोचे जस्तो सफलता पाउन सकेको थिएन । तेस्रो शृंखलाको कथाबस्तु बलियो भएकाले निर्माण पक्षले यसबाट सफलता मिल्ने आशा बोकेको छ ।
यो चलचित्र अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त निर्माणमा बन्न लागेको हो ।

प्रतिक्रिया