Bisal Chautari Logo

भिनाजुले खोले रहस्य, लूलियासँग सलमानले बिबाह नगर्ने

- ५ चैत्र २०७०, बुधबार १७:४४ मा प्रकाशित


salman khan and lulia vantur
एजेन्सी
मुम्बई, ५ चैत ।
बलिउड चर्चित अविबाहित अभिनेता सलमान खान पछिल्लो समय चलचित्रले भन्दाबढी आफ्नो बिबाह प्रसंगले चचाएमा रहेका छन् । विशेष गरेर पछिल्लो समय अभिनेता सलमान खान आफ्नो गर्लफ्रेन्ड भनिने लूलियासँगको बिबाह प्रसंगले चर्चामा रहेका हुन् । अभिनेता सलमानले लूलियासँग बिबाह कहिले गर्छन, या गर्दैनन्, भन्ने बारेमा उनका फ्यानहरुदेखी चलचित्रकर्मी सम्म जिज्ञासु रहेका छन् । तर अभिनेता सलमानको जिजा जी अतुल अग्निहोत्रीको कुरालाई मान्ने हो भने सलमानले लुलियाको साथ बिबाह बन्धनमा नबाधिने भएका हुन् ।
बलिउडको एक चर्चित पत्रिका दैनिक भाष्करसंग कुराकानि गर्दै अतुलले भनेका छन्–‘कस्ले भन्यो, लुलियासंग सलमानले बिबाह गर्छन् भनेर । उनीहरु एक नजिकको साथि हुन् । साथि भयो भन्दैमा बिबाह गर्नैपर्छ भन्ने तँ छैन नी ।’ उनले यती मात्र होइन, अभिनेता सलमानले अहिले बिबाह नगर्ने पनि बताएका छन् ।

add

प्रतिक्रिया