Bisal Chautari Logo

अशोक दर्जी, एआर बुढाथोकी र टंक बुढाथोकीको ‘मन बिनाको धन ठूलो २’ गीत सार्वजनिक

- १० आश्विन २०७६, शुक्रबार ११:०६ मा प्रकाशित


man bina ko dhan thulo 2 ba aama
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज १० शुक्रवार ।
टंक बुढाथोकीको ‘मन बिनाको धन ठूलो २’ गीत सार्वजनिक भएको छ । गीतमा टंक बुढाथोकीसँगै अशोक दर्जी, एआर बुढाथोकी, एलिशा श्रेष्ठ, रुविशा श्रेष्ठ, सान्त प्रसाद श्रेष्ठ लगायत कलाकार फिर्चड छन् ।

टंक, अशोक र एआरको ‘मन बिनाको धन ठूलो’ गीत सुपर हिट भएको थियो । यसको दोस्रो पार्टमा पनि टंक, अशोक र एआरकै स्वर रहेको छ । शंकर आर्चायको शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । करण सिंहको प्रोडक्शन म्यानेजमेन्ट गरेको गीतलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया