Bisal Chautari Logo

अनाथ बालबालिकासंग अशोक, साम्राज्ञी र अंकित || ‘रातो टिका निधारमा’ टिमको सहयोग

- ८ आश्विन २०७६, बुधबार ०८:२० मा प्रकाशित


rato tika nidharma movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ असोज ८ बुधवार ।
चलचित्र ‘रातो टिका निधारमा’ टिमले मंगलबार दिउँसो गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनमा पुगेर दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई नयाँ कपडा दिनुका साथै खानपिन समेत गराएका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नव नायक अंकित शर्मा, रविन्द्र झा र निर्देशक अशोक शर्मा सहितको टोली पुगेर उक्त आवसमा आश्रितलाई सहयोग गरेको हो ।

टिमले त्यहाँ दशैँको टिका र जमरा लगाएर खुसिको माहोल छरेका थिए । वेमेन्स रूम्स रिलोटेड (वि आर आर) को सहकार्यमा असोज १० गते रिलिज हुने फिल्म ‘रातो टिका निधारमा’ले फाउन्डेसनलाई सहयोग गरेको थियो । पहिलो पटक सामाजिक कार्यमा सहभागी हुन पाउँदा नायिका शाह केही भावुक समेत भइन् । ‘मैंले अहिलेसम्म यस्तो खालको सहयोग गरेकी थिइन् । पहिलो पटक आफ्नै हातले अशक्त बालबालिकाको निम्ति सानो सहयोग गर्न पाउँदा खुसि लागेको छ ।’ आउने दिनमा समेत समाज सेवामा आउने योजना रहेको बताउँदै साम्राज्ञीले सहि समयको पर्खाइमा रहेको बताइन् । ‘सामाजिक कार्यमा लाग्नलाई पहिले त मनैदेखि तयार हुनु पर्दछ । त्यसैले अहिले नै सबै ठाउँमा हात हाल्ने अवस्था छैन । भावी दिनमा अवस्य पनि तन मन लगाएर सामाजिक कार्यमा हिड्नेछु ।

दशैँको छेकोमा अनाथ र अशक्त बालबालिकालाई सहयोग गर्दा निर्देशक अशोक शर्माले आफ्नो बाल्यकाल सम्झिए । ‘दशैँ भन्न वित्तिकै नयाँ कपडा र मिठो खानाको लागि सम्झिन्छौँ । मेरो बाल्यकालमा नयाँ कपडा लगाउन दशैँ नै कुर्नु पथ्र्यो । अहिले आएर दशैँको मुखमा सानो सहयोग गर्न पाउँदा आफुलाई भाग्यमानि ठान्छु’ निर्देशक शर्माले भावुक स्वरमा भने ।
यस्तै ‘रातो टिका निधारमा’बाट डेब्यु गरेका अंकित शर्माले यस्तो खालको सहयोगले मनमा सन्तुष्टि मिल्ने बताए । ‘कुनै बेला कपडा लगाउन दशैँ कुर्ने मेरो बुबाले हामीलाई यस्तो अभाव हुन दिनु भएन । तर, आज आएर असहायहरुलाई सहयोग गर्न पाउँदा मनैदेखि सन्तुष्ट भएको छु ।’ अंकितले भने ।
उता भावुक बनेका अभिनेता रविन्द्र झाले पन आफ्नो सानो सहयोगको कसैको जीवनमा ठुलो खुसि ल्याउने राय व्यक्त गरे । ‘यसपटकको दशैँ ‘रातो टिका निधारमा’ विशेष हुनेछ । हामीले सम्पूर्ण नेपालीको कथा बोकेर आएका छौँ । आशा छ, हाम्रो सिनेमाले सबैलाई समेट्ने छ ।’ झाले भने । किरण शर्मा र कृति शर्माले निर्माण गरेको ‘रातो टिका निधारमा’ले वैदेशिक रोजगारको कथा उठाएको छ । फिल्म यही शुक्रबार, असोज १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया