Bisal Chautari Logo

अफ्रिकी फिल्म फेस्टिभल २०१४ हुँदै

- ८ चैत्र २०७०, शनिबार १६:२७ मा प्रकाशित


africa movie nepal film festival
विशाल चौतारी समाचार
काठमाडौं, ८ चैत ।
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन (सिजेएमसी)ले राजधानीको रसियन कल्चरल सेन्टरमा चौंथो ‘नेपाल–अफ्रिकी फिल्म फेस्टिवल–२०१४’ आयोजना गर्ने भएको छ । फिल्म फेस्टिभल जेठ ९ देखि जेठ ११ गते (२३–२५ मे) सम्म चल्ने भएको छ ।
अफ्रिका र नेपालबीच सांस्कृति आदान प्रदान तथा बिकासका लागि सहयोग पुगोस् र दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले फेष्टिवल सुरु गरिएको महोत्सव निर्देशक मञ्जु मिश्रले जानकारी गराईन् । फेस्टिवलमा प्रदर्शन हुने अफ्रिकी फिल्मले अफ्रिकी भू–राजनीति, समाज, जनजीवन, संस्कृति नियाल्न र बुझ्न मद्धत गर्ने मञ्जुको भनाई छ । फेस्टिवलमा मदर अफ जर्ज, नाइजेरियन गर्ल, मिस्टर बोन्स एटी, द गु्रम्स् वाइड, वार वीच कंगो, वीनी मण्डेला लगातका अन्य अफ्रिकी फिल्मका साथै केही नेपाली फिल्म समेत प्रदर्शन गरिनेछ । सिजेएमसीले सन् २०११ देखि नेपाल–अफ्रीका फिल्म फेस्टिवल आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया