

सार्वजनिक कार्यक्रममा बोल्दै महा अभिनेता राजेश हमालले चलचित्रकी नव अभिनेत्री हेमा श्रेष्ठको प्रसंसा गरेका छन् । अभिनेता हमालले भने, ‘हेमाजी एक्सनमा निक्कै पोख्त हुनुहुँदो रहेछ । उहाँले चलचित्र ‘हँसिया’मा निकै राम्रो काम गर्नुभएको छ, हमालले बताए ।’ त्यस्तै निकै लामो समय नेपाली चलचित्र क्षेत्रमा एकअर्काका परिपुरक बन्दै आएका मित ज्यु मध्येका चर्चित गायक राइ इज किङ राजेश पायल राईलेपनि अभिनेत्री हेमाको तारिफ गरेका थिए । आफ्नो म्युजिक भिडियोमा समेत लिइसकेका गायक राजेश पायलले अभिनय राम्रो भएका कलाकारहरु यस चलचित्रमा भएका कारण चलचित्र राम्रो बनेको आसा व्याक्त गरे । चलचित्रमा गायक राजेशकै स्वर रहेको छ । 
दुर्गा घलेको लगानी रहेको चलचित्रको कुल लागत एक करोड भन्दा बढि रहेको निर्माण युनिटको भनाइ रहेको छ । कल्याण सिंहको संगीत रहेको चलचित्रमा चार गीत समावेश छन् । यी गीतहरुमा राजेश पायल राई र सिवानी मोक्तानको स्वर छ । ‘हँसिया’की शिर्ष पात्र हेमासँगै अभिनेत्री प्रियंका कार्कीको समेत आइटम नृत्य रहेको चलचित्रमा रेनशा वान्तवा राईले नृत्य निर्देशन गरेकी छिन् । चलचित्रमा हेमा र राजेशसँगै म्यानहन्ट इन्टरनेशल बिजेता अनुप बिक्रम शाहीको पनि मुख्य भूमिका रहेको छ । चलचित्र ‘हँसिया’लाई यही अप्रिल २७ तारिखमा हङकङ र अप्रिल २८ तारिखमा लण्डनमा रेड कार्पेट प्रिमियर शो आयोजना गरिने निर्देशक मिलनको योजना रहेको छ । एक्सन प्रेमी दर्शकलाई हलसम्म तान्ने आशा गरिएको चलचित्र ‘हँसिया’को वितरण दर्शना आर्टस्ले गर्दैछ ।
ट्रेलर हेर्न यहा क्लिक गर्नुहोला ।
add
प्रतिक्रिया