Bisal Chautari Logo

‘शिवा’ को ट्रेलर सार्वजनीक (भिडियो सहित)

- १७ भाद्र २०७६, मंगलवार ११:३२ मा प्रकाशित


shivaa- Nepali Movie trailer 
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ भाद्र १७ मंगलवार।
सामाजीक बिषयमा निर्मित फिल्म ‘शिवा’–दि लिडरको ट्रेलर सार्वजनीक गरिएको छ । अभिनेता ज्याक श्रेष्ठ (राजु) ले निर्माण गरेको फिल्मको मंगलबार राजधानीमा प्रेसमिट फस्र्टलुक पोस्टरसँगै ट्रेलर प्रदर्शन गरिएको हो ।

मंसिर २७ गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा एक्शन,लभ, कमेडी तथा सेन्टिमेन्टस्को समिश्रण पाइन्छ । हिमश्री फिल्मस्को ब्यानरमा सुकराज बिक र मदन खत्री निर्माता तथा सुनीता तामाङ र सुदर्शन बस्नेत कार्यकारी निर्माता छन् । रामकाजी घिमीरेको लेखन र निर्देशन रहेको फिल्मका गीतमा बसन्त सापकोटाको संगीत, कमल राई र लिगेश भट्टराईको कोरियोग्राफी,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र राजु ढुंगानाको सम्पादन छ ।
श्रीराम बालाजी फिल्मस्ले बितरण गर्ने फिल्ममा किशोर खतिवडा शीर्ष भूमिकामा छन् भने उनलाई साथ दिने संचिता लुईटेल पत्रकारको भूमिकामा प्रस्तुत भएकी छिन् । किशोर र संचिताका साथमा ‘शिवा’ मा पूर्णिमा लामा, ध्रुव कोइराला,ज्याक श्रेष्ठ, देव श्रेष्ठ, सपना श्रेष्ठ, होम दवाडी, शम्भु गहतराज, निश्चल दाहाललगायतका कलाकारको अभिनय छ । कार्यक्रममा निर्देशक घिमीरेले ‘शिवा’ मा बेरोजगारी समस्या, बन्यजन्तु तस्करी, भूमाफियालगायतका बिबिध बिषय उठान गरिएको बताए । उनले ‘शिवा’ नेपाली समाजको ऐना भएको बताउदै सबैले एक पटक हेर्नुपर्ने दावी गरे । फिल्मका प्रस्तुतकर्ता ज्याकले आफूले धेरै संघर्ष र मिहीनेत गरेर ‘शिवा’ तयार पारेको बताउदै दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे । अर्का निर्माता सुकराजले आफ्नो फिल्ममा मनोरञ्जनका साथै समायोपयोगी सन्देश समेत रहेको खुलाए । कार्यक्रममा ‘शिवा’ लाई कलाकार उत्तम केसी, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, मोटिभेटर रबिन कट्वाललगायतले शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया