Bisal Chautari Logo

साम्राज्ञी र पुष्प हल पुग्दा बडिगार्डलाई सम्हाल्न गाह्रो, ‘मारुनी’को आशालाग्दो व्यापार

- १४ भाद्र २०७६, शनिबार १०:४५ मा प्रकाशित


samragyee rl shah and pushpa khadka
विशाल चौतारी समाचार 
काठमाडौ,२०७६ भाद्र १४ शनिवार।
 चलचित्र ‘मारुनी’ले शुक्रबारको तुलानामा शनिबार केही आशालाग्दो व्यापार गरेको छ । काठमाण्डौका मल्टिप्लेक्सका केही शोजमा चलचित्रको अकुपेन्सी ९० प्रतिशतसम्म देखिएको छ । शनिबार काठमाण्डौको गोपिकृष्ण हलमा चलचित्र हेर्ने दर्शकको उपस्थिती बाक्लो देखिएको थियो ।

गोपिकृष्णमा उपस्थित दर्शकसँग साक्षात्कार गर्न नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, नायिका रेविका गुरुङ, निर्मात्री पूनम गौतम, निर्देशक नवल नेपाल लगायत पुगेका थिए ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको भन्दै आफूलाई आफूले गरेको मिहिनेत सार्थक लागेको बताइन् ।

नायक पुष्प खड्काले पनि दर्शकको माया पाएको भन्दै खुशी व्यक्त गरे । निर्मात्री पूनम गौतमले शनिबार चलचित्रको व्यापारले आफू उत्साहित भएको र सकारात्मक वर्ड अफ माउथले आइतबारबाट दर्शक बढ्नेमा विश्वस्त रहेको बताइन् ।
चलचित्र हेर्न हल पुगेका दर्शकले यसको कथावस्तु, प्रस्तुति, क्लाइमेक्सको दृश्य र सस्पेन्स पाटोलाई मन पराएका छन् । एक फरक कथामा चलचित्र बनेको भन्दै दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् ।
पुष्प, साम्राज्ञी र रेविका चार जना बडिगार्डको सुरक्षा घेरामा हल पुगेका थिए ।

प्रतिक्रिया