Bisal Chautari Logo

नेपाली सिनेमा’पासवर्ड’को ट्रेलर रिलिज

- ८ भाद्र २०७६, आईतवार १०:२६ मा प्रकाशित


Nepali movie password trailer release
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ भाद्र ८ आइतवार।
सम्राट बस्नेत निर्दे्शित सिनेमा ’पासवर्ड’को ट्रेलर रिलिज भएको । अपराधिक कथा बोकेको सिनेमाको ट्रेलरमा प्रोडक्सन भ्यालु देखिन्छ । धेरै जस्तो छायाँकन लण्डनमा गरिएको सिनेमा भदौ २७ गते रिलिज हुँदैछ ।

एक्सन सिनेमामा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । ’पासवर्ड’ बलिउड अभिनेत्री सन्नी लियोनीका कारण चर्चामा छ । एक आइटम नृत्य पस्केकी सन्नीको सिनेमामा केहि सिन अभिनय रहेको निर्माण पक्षले दावी गर्दै आइरहेको छ । तर, ट्रेलरमा सन्नीका कुनै पनि संवादसहितका दृश्य प्रस्तुत छैनन्।
एबी इन्टरनेशनलको व्यानरमा निर्मित सिनेमामा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको सिनेमाको कथा सिमा गुरुङले लेखेकी छन् ।
अंकित गौतमको कार्यकारी निर्माण रहेको सिनेमामा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह(लगानी रहेको सिनेमाको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।

प्रतिक्रिया