Bisal Chautari Logo

पोर्न स्टार सन्नीको स्वयम्भु दर्शन के का लागी ? (फोटो फिचर सहित)

- १० चैत्र २०७०, सोमबार ०८:३७ मा प्रकाशित


sunny-Leone-in-baudhanath-nepal
विशाल चौतारी समाचार
काठमाडौ, १० चैत्र ।
पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने खबर उनैले आफ्नो ट्विटर मार्फत सार्वजनिक गरेपछि सामाजिक संजालहरु उनको बारेमै बढि चर्चा भयो । उनी नेपाल आउने नआउने बारेमा जिज्ञासा रहदा रहदै केही घण्टा भित्रै उनी नेपाल पति ड्यानियल विवरसंग ओलिईन् ।
बलिउड चलचित्र उद्योगमा जिस्म –२ चलचित्रबाट बलिउड यात्रा थालेकी उनी अभिनित पछिल्लो चलचित्र ‘रागिनी एमएमएस–२’ गत शुक्रबारदेखि भारत लगायत नेपाली सिनेमा हलहरुमा प्रर्दशन भइरहेको छ । पहिलो चलचित्रले सन्तोष जनक व्यापरा नगरेपनि रागिनी एमएमएस–२ ले राम्रो ब्यावसाय गरिरहेको छ ।
अभिनेत्री लियोन र उनका पति आज सोमबार बिहान राजधानीको विभिन्न स्थानमा भ्रमण गरिरहेका छन् । लियोन ले ट्वीटरमा ट्वीट गर्दै भनेकी छन्, ‘नेपाल अत्यन्तै सुन्दर छ । अनि रमणीय देखिन्छ ।’ आजै बिहान लियोन दम्पत्ति स्वयम्भु पुगेका थिए । उनिहरुले स्वयम्भु अगाडि बसेर तस्बिर समेत खिचेर लियोनले ट्वीटरमा पोष्ट गरेकी छिन् । उनीहरु आज नेपालका विभिन्न स्थानमा घुम्ने बताइको छ ।
अभिनेत्री सन्नि नेपालको एक व्यापारिक संस्था इनटरपेरर्नस अर्गनाइजेसनको नेपाल च्याप्टरको एक कार्यक्रममा अतिथि हुन नेपाल आएकी हुन् । यो संस्था गोल्छा अर्गनाइजेशनको हो भने यसका अध्यक्षमा संजय गोल्छा छन् । लियोन र उनका पतिपनि विभिन्न व्यापाररव्यवसायमा आवद्ध रहेका छन् ।
तस्विरहरु : अभिनेत्री सन्नी लियोनको ट्वीटर तथा इन्सटलग्राम

add

प्रतिक्रिया