Bisal Chautari Logo

रजनीकान्तको ‘कोचादियान’लाई सिनेमालाई यु सर्टिफिकेट

- ११ चैत्र २०७०, मंगलवार १६:२६ मा प्रकाशित


Rajnikanth’s ‘Kochadaiiyaan’ Got U Certificate
एजेन्सी
मुम्बई, ११ चैत ।
छ भाषामा बनेको सुपरस्टार अभिनेता रजनीकान्तको पछिल्लो चलचित्र ‘कोचादियान’लाई सेन्सर बोर्डले यु सर्टिफिकेट दिएको छ । यस एनिमेटेड थ्रिडी चलचित्रमा अभिनेता रजनीकान्त तिन रोलमा देखिएका छन् । चलचित्र अहिले वल्ड वाइड रुपमा रिलिजको तयारीमा जुटिरहेको छ ।
चलचित्रको ‘कोचादियान’को रिलिज डेट ११ अप्रिलमा तोकीएको छ । तर पछिल्लो चोटि बलिउड समाचारहरुका अनुसार यस चलचित्रको रिलिज डेट सारिने कुरा भइरहेको छ । सो ११ अप्रिलमै बलिउडका चर्चित सुपरस्टार अभिनेता अमिताभ बच्चनको चलचित्र ‘भुतनाथ रिर्टन्स’ पनि रिलिज हुदैछ । अभिनेता अमिताभको चलचित्रसंग आफ्नो चलचित्र जुध्ने भएपछी रिलिज डेट ११ अप्रिल भन्दा पछाडी पार्ने विचारमा रहेको समाचारहरुले बताएको छ ।
लामो समयदेखी दर्शकहरुले कुरीरहेको अभिनेता रजनीकान्तको पछिल्लो चलचित्र ‘कोचादियान’को ट्रेलर रिलिज भएको छ । चलचित्रको ट्रेलरलाई दर्शकहरुले मनपराएका छन्, अनि रिलिज गर्नका लागी आग्रह गरिरहेका छन् । यो चलचित्र कैयौ सताप्दी अगाडीको राजा कोचादियान रानाधिरनको कहानीमा आधारीत रहेको छ । यस चलचित्रलाई हलिउड सिनेमाको दाजोमा दाजिएको छ । चलचित्र ‘कोचादियान’मा साउथ सिनेमाका सुपरस्टार रजनीकान्त, बलिउड अभिनेत्री दीपिका पादुकोण, आर शरत कुमार, जैकी श्राफ, शोभना, रुकमिनी र विजय कुमारको मुख्य भुमिका रहेको छ ।

add

प्रतिक्रिया