Bisal Chautari Logo

कुलमान घिसिङ भन्छन, म विद्युत् प्राधिकरणमा रहेसम्म कुनै दादागिरी चल्दैन

- २६ चैत्र २०७५, मंगलवार ०६:२६ मा प्रकाशित

KULMAN GHISING

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २६, मंगलवार ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउन कारक बनेका मानिसहरु अहिले फेरि सल्बलाइरहेको भन्दै त्यस्ता समूहको कुप्रचारबाट सतर्क रहन सचेत गराएका छन् ।सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गरी घिसिङले प्राधिकरणका केही व्यक्तिहरु नै बोर्डको बैठक र निर्णयहरुलाई गलत तरिकाले प्रचार गर्दै हिँडेको भन्दै प्राधिकरणमा आफू रहेसम्म अनियमितता र दादागिरी हुन नदिने बताए ।

९ अर्ब रुपैयाँ घाटामा गएको संस्थालाई अहिले नाफा गर्ने अवस्थामा ल्याइपुर्‍याएको र लोडसेडिङको अन्त्य भएपछि त्यस्ता मानिसहरुलाई असह्य भएको उनको आरोप थियो ।प्राधिकरणकै जिम्मेवार व्यक्तिहरुले नै अनावश्यक अभिव्यक्ति दिँदै हिडेको आरोप पनि उनले लगाए ।

देशभर २९८ ओटा डेडिकेटेड र ट्रंक लाइन सुविधा जडान गरिएको जानकारी दिँदै उनले सरकारी अस्पताल, सामुदायिक खानेपानी र सिँचाइ वर्गमा परेका ५० बाहेक अन्यको हकमा नियमित विलिङ भइरहेको बताए ।तर, केही व्यापारिक तथा औद्योगिक ग्राहकहरु प्रिमियमसहितको शुल्क तिर्नु नपर्ने भन्दै अदालत गएकाले उनीहरुबाट बक्यौता उठ्न नसकेको उनले स्पस्ट पारे ।

प्रतिक्रिया