Bisal Chautari Logo

लोकसभा चुनाव जित्न हरसम्भव प्रयास गर्दै अभिनेत्री उर्मिला

- २४ चैत्र २०७५, आईतवार १८:०७ मा प्रकाशित


BOLLYWOOD ACTRESS URMILA

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २४, आइतवार।
बलिउडबाट गुमनाम अभिनेत्री उर्मिला यतिखेर लोकसभा चुनावमा झुल्किएकी छिन् ।

उनले काँग्रेसबाट लोकसभा चुनावमा प्रतिस्पर्धा गर्दैछिन् । उनलाई उत्तर मुम्बईका लागि टिकट दिइएको छ । उक्त क्षेत्रमा मराठी र गुजरातीको उल्लेख्य संख्या रहेको छ ।

गुजरातीहरुको भोट तान्न पनि उनले आफ्नो भाषणमा मराठी र गुजराती भाषाको प्रयोग गरेकी छिन् । उनले चुनाव प्रचारका लागि कुनै कसर बाँकी राखेकी छैनन् । उनले अटो रिक्सा चलाउने देखि उनीहरुको भेषभुषा लगाउने जस्ता कार्यहरु गरेकी छिन् ।

उनले काँग्रेस पार्टीमा प्रवेश गरेपछि मिश्रित प्रतिक्रिया आएको थियो । उनले चुनाव जित्न कठिन हुने समिक्षकहरु बताउँछन् ।

प्रतिक्रिया