Bisal Chautari Logo

नेपाली सेनाको विमान बारा–पर्सा हावाहुरीमा घाइते लाई लिएर काठमाडौं

- १८ चैत्र २०७५, सोमबार ०८:४५ मा प्रकाशित


NEPAL ARMY AIR SERVICE TO BARA PARSHA PEOPLE

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १८, सोमवार।
नेपाली सेनाको स्काई ट्रक विमान बारा–पर्सा हावाहुरीमा घाइते ६ जनालाई लिएर काठमाडौं आइपुगेको छ । आइतबार राति आएको भिषण हावाहुरीमा परेर ३१ जनाको मृत्यु हुनुका साथै करिब ७ सय बढी घाइते भएका छन् ।‘गृहमन्त्रालयसँगको काअर्डिनेशनमा उनहिरुलार्य काठमाडौँ ल्याइएको बताइएको छ । घाइते वीर हस्पिटल वा त्रिवि शिक्षण अस्पतालमा लग्ने तयारी छ ।विमान अवतरण भएलगत्तै झापाका लागि पुनः उड्नेछ । त्यहाँबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर बाराको सिमरातर्फ जानेछ ।

काठमाडौं– बारामा आज साँझको भीषण हावाहुरीबाट २१ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ। उनका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु-याएर उपचार भइरहेकउनले बताए। डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या

थपिनसक्ने बताए। ‘बारामा ठूलो प्राकृतिक विपत्ति आइपरेको छ। हामी अहिले पनि उद्दारमा छौं’, उनले भने।बाराभीषण_हावाहुरीकाठमाडौं । आइतबार साँझ काठमाडौं उपत्यका लगाएतका विभिन्न ठाउँमा मेघगर्जन र हावाहुरीसहितको भारी वर्षा भएको छ । यसरी मौसम प्रतिकूलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने जहाज डाइभर्ट भएका छन् ।कतार काठमाडौं आउनुपर्ने जहाज अवतरण हुन असम्भव भएपछि भारततिर फर्किइसकेको जानकारी गराइएको छ । अर्कोतर्फ छिमेकी राष्ट्र भारतको दिल्लीबाट उडेको नेपाल एयरलाइन्सको जहाज पनि अवतरण हुन सकेको छैन ।नेपाल एयरलाइन्सको सो जहाज आकाशमै फन्को मारिरहेको छ।

विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार फ्लाई दुबई र चाइना साउथर्न भारतको लखनउ डाइभर्ट गरिसकिएको छ ।१८ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलिबाट दैनिक १० घण्टा बन्द हुँदैछ । २१ घण्टासम्म खोलेर सेवा दिइँदै आएको विमानस्थल अब ३ महिनासम्म १४ घण्टा मात्रै सञ्चालनमा आउनेछ । विहान ८ बजेदेखि राति १० बजेसम्म मात्रै विमानस्थल खुला हुनेछ ।विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम भोलि सोमबारबाट सुरु गर्न लागिएको छ । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको होझण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत

गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे गर्ने गरी काम थाल्न लागिएको हो ।चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन-वेको स्तरोन्नति काम सुरु गर्दैछ ।नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सकाइनेछ । ७० दिनमा सकाउने लक्ष्य भएपनि प्राविधिक अप्ठेरा आउनसक्ने आँकलनसहित थप २० दिन समयसीमा लम्ब्याइएको त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक-पटक उप्किन्छ ।

हिउँदमा फाटफुट रुपमा उत्पन्न हुने यस्तो समस्या वषर्ायाम लागेपछि निकै बढ्छ ।चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भयो । यसपटक निकै जोखिम मोलेर नै सरकारले तल्लो सतहबाटै पिच फेर्न लागेको हो अब हालको कालोपत्रेलाई सबै उप्किएर नयाँ बिछ्याइनेछ । अहिलेको धाँजा फाट्ने समस्यालाई हटाउन अब धावनमार्ग भित्री सतहबाट स्तरोन्नति गरिनेछ । भित्रैबाट खोतलेर आवश्यक नयाँ निर्माण सामग्री राखेर बलियो बनाइँदैछ लामो समयदेखि सञ्चालनमा रहेको धावनमार्गको भित्री भागमा साना र ठूला छिऽहरु पनि हुन सक्छन् । त्यसैले भित्रैबाट धावनमार्गको भित्री भू-बनोटलाई नै वैज्ञानिक ढंगले आवश्यक नयाँ निर्माण सामग्री राखेर रिह्याबिलिटेसन गर्नुपर्छ,’ उड्ययन अधिकारीहरु भन्छन् ।

प्रतिक्रिया