Bisal Chautari Logo

दिलिप ‘रानीमहल’बाट कमव्याक हुदै

- १३ चैत्र २०७०, बिहीबार १३:३६ मा प्रकाशित


Dilip Rayamajhi
विशाल चौतारी समाचार
काठमाडौं, १३ चैत ।
पछिल्लो चलचित्र ‘मिस यू’बाट फुर्सदिला बनेका अभिनेता दिलीप रायामाझि पुन: निकै लामो समयपछी चलचित्र ‘रानीमहल’ नामक सिनेमाबाट कमव्याक हुदैछन् । चलचित्रमा अभिनेता रायमाझी शिर्ष भूमिकामा देखिने भएका छन् ।
इसै वर्ष चैत १५ गतेदेखि छायाँकन प्रारम्भ हुने चलचित्र झन्डै ६ महिना पाल्पाको लुङ भन्ने दलित बस्तीको अनुसन्धान पछि चलचित्र निर्माण गर्न लागिएको निर्देशक मनोज श्रेष्ठले बताएका छन् ।
यस चलचित्र मार्फत अन्र्तरजातिय विवाह र विधुवा महिलाले भोग्नु पर्ने सामाजिक समस्यालाई सिनेमामा उतार्न खोजीने भएको छ । त्यस्तै अभिनेत्रीको रुपमा नव कलाकार सोनु घिमिरेलाई डेव्यु गराउँदैछन् । चलचित्रको पूरै छायाँको लुङ बस्ती र रानीमहल परिसरमा गरिने बताइएको छ । गिरीप्रसाद सुनार निमिर्त यस चलचित्रमा दिपक परियारको छायाँकन रहनेछ । विकास चौधरीको संगीत रहने यस चलचित्रमा हिमाल केसीको दन्द्ध निर्देशन रहेको छ । चलचित्रमा विवेक थापाले नृत्य निर्देशन गर्दैछन्, भने कथा मन बहादुर घिमिरेले लेखेका हुन् ।

add

प्रतिक्रिया