Bisal Chautari Logo

अक्षय कुमारको ‘केशरी’को तिन दिने कमाई यति करोड

- १० चैत्र २०७५, आईतवार ०७:१७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १० आइतबार ।
गएको हप्ता रिलिज भएको अक्षय कुमारको फिल्म केशरीले तीन दिनमा लगभग ६० करोड बराबरको कमाइ गर्न सफल भएको छ ।

पहिलो दिन २१ करोडको कमाइ फिल्मले दोस्रो दिन १७ करोडको कमाइ गरेको थियो । अक्षय कुमारको प्रमुख भुमिका रहेको यस फिल्मले तेस्रो दिन २२ करोडको कमाइ गरेको छ ।

यस फिल्मलाई अनुराग सिंहले निर्देशन गरेका हुन् । तीन दिनको कमाइले नै यो फिल्म सुपर हिट भएको बताइएको छ । ९० करोडको लागतमा बनेको यस फिल्मले तीन दिनमा विश्वभरबाट राम्रो रिभ्यु पाएको छ ।

प्रतिक्रिया