Bisal Chautari Logo

दुर्घटनामा परेकी लोक गायिका मञ्जुको देब्रे खुट्टा काटियो

- १४ चैत्र २०७०, शुक्रबार १६:०५ मा प्रकाशित


काठमाडौं, १४ चैत । गत विहीवार काठमाडौको गल्कोपाखामा गम्भिर सवारी दुर्घटनामा परेकी लोक गायिका मञ्जु महतको देब्रे खुट्टा काटिएको छ । उनी गत बिहिवार सवारी दुर्घटनामा गम्भिर घाइते बनेपछि अहिले उपचारका लागी टोखास्थित ग्रान्डी इन्टरनेशनल अस्पतालको कोमामा छिन् । दुर्घटनामा परेकी गायिका महतको देब्रे खुट्टाको अवस्था नाजुक भएपछि उनको देब्रे खुट्टा बिहिबार नै काटिएको अस्पताल स्रोतले बताएको छ ।
गायिका महत सवार स्कुटरलाई दुईवटा माइक्रो बसले ठक्कर दिएका थिए । सो ठक्करका कारण उनको देब्रे खुट्टा मात्र होइन, श्रोतका अनुसार उनका दुबै मृगौलापनि फुटेका छन् । बा १ ज ९२१३ नम्बरको माइक्रोबस र अल्फावेट खुल्न नसकेको २०७१ नंबरको हाइस ब्राण्डको माइक्रोले उनलाई बिचमा थिचेका थिए । गायिका महतको दुर्घटनाबाट देब्रे खुट्टा, दुई मुटु, टाउको र छाती लगायत शरिरका प्राय: सबै भागमा गम्भीर चोट लागेको छ ।
गायिका महतलाई दुर्घटना लगतै सबैभन्दा पहिला मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । मनमोहन मेमोरियल अस्पतालले उपचार हुन नसक्ने बताएपछी उनलाई शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट पनि चिकित्सकहरुले ग्राण्डी अस्पतालमा रिफर गरेका थिए ।
बेहोश अवस्थामा अस्पताल पुर्‍याइएकी लोक गायिका मञ्जुको होस खुले नखुलेको बारेमा अस्पताल स्रोतले हिजो शुक्रवार बेलुकी जानकारी दिए अनुसार उपचार जारि रहेको र यस बारेमा शनिवार मात्र जानकारी दिइने बताएको छ ।
गायिका मञ्जु महतको सवारी दुर्घटना भएपछि स्वास्थ्यलाभको कामना गर्दै सयभन्दा बढी लोक कलाकारहरु ग्रान्डी अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गररहेका छन् । साथै, शुक्रबार, लोक दोहोरी कलाकारले राजधानीमा दोषीको कारबाही हुनुपर्ने माग गर्दै विरोध र्‍यालीपनि निकालेका थिए । गायिका महत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितीका उपाध्यक्ष समेत हुन् ।

add

प्रतिक्रिया