Bisal Chautari Logo

नेपालीहरुको अपार माया र साथ पाएपछि शृंखलाको भावुक सम्बोधन (भिडियो रिपोर्ट)

- ९ मंसिर २०७५, आईतवार १४:५५ मा प्रकाशित


Shrinkhala Khatiwada Miss World 2018
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ मंसिर ९, आइतबार । ‘थ्याङक्यु सोमच, कस्तो भाग्मानि महसुस हुन्छ, यति धेरै माया किन पाको होला ? कसरी यति भाग्यमानि भएजस्तो लाग्छ, थ्याङक्यु सोमच शब्दै छैन बयान गर्नलाई । यो भनाइ नेपालको प्रतिनिधित्व गर्दै मिस वर्लड २०१८ का लागी सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाको हो ।
उत्कृष्ट ३० मा परेकी शृंखलाले शुक्रबार मध्यरातसम्म खसेको कुल भोटमध्ये २०.६८ प्रतिशत पाप्त गरेकी छन् । उनले १ लाख २ हजार ३ सय ८४ मत पाएकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी फ्रान्सकी माइभा कुको ले ३३ हजार २ सय ९७ (३.३२प्रतिशत) र अमेरिकाकी मारिसा बटलरले ३१ हजार ८ सय २६ मत (०.०४ प्रतिशत) प्राप्त गरेकी छन्। मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा हुँदैछ ।

भिडियो रिपोर्ट हेर्नुहोस् :-


विभिन्न च्यानल र सामाजिक सञ्जालमा गरिएको मत सर्वेक्षणमा शृंखला उत्कृष्ट एकदेखि सात स्थानमा परेकी छन् । उनी यसवर्ष मिस वल्डका लागि भारतको प्रतिनिधित्व गरेकी अनुष्कृति भाषभन्दा धेरै अगाडि छिन् । ‘ब्युटी विथ परपस’ भन्ने नारासहित नेपालको प्रतिनिधित्व गरेकी शृंखलाले मुलुकलाई चिनाउन विभिन्न तरिका अपनाएकी छन् ।
टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा गत बिहिबार पुगेकी हुन् । उनले बिहीबार साँझ फेसबुक मार्फत् आफू सेमिफाइनलमा पुगेको बताएकी थिइन । ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले अवस्थालाई सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।’
अन्नपुर्ण पोष्ट दैनिकसंगको कुराकानीमा शृंखलाका बुबा सांसद विरोध खतिवडाले छोरीका लागि आफूले पनि भोट गरिरहेको बताए । ‘दिनभर भोटमात्र गरेर बस्ने कुरा त भएन तर भोट चाहीं गरिरहेको छु’, उनले भने, ‘छोरीसँग दिनहुँ कुरा हुन्छ । त्यहाँको माहोलबारे छोरीसँग जानकारी लिइरहेको छु । प्रतिस्पर्धामा छोरी उत्साहित र विश्सस्त छे ।’ आफ्नो देश चिनाउन छोरीले निकै मेहनत गरेकोमा उनले खुसी व्यक्त गरे । ‘शृंखला मिस वर्ल्ड बनोस् भन्ने चाहना परिवार मात्र होइन, सबै नेपालीको हो’, विरोधले भने, ‘मिस वर्ल्ड ब्युटी विथ ब्रेनको प्रतिस्पर्धा हो । यी दुवैमा छोरी अब्बल छ ।’
‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाए पछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन् । भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी छन् ।
पेसाले इन्जिनियर शृंखलाको परिचय राउन्डको भिडियो पनि भाइरल भएको थियो। सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि, नेपाली कला र प्रकृतिलाई एक साथ जोडेर बनाइएको भिडियोमा शृंखलाले नेपाललाई विश्व सामु चिनाउन निकै मेहेनत गरेकी छन् ।
मिस नेपाल बनेपनि मोडलिङ र चलचित्रमा अभिनय गर्ने सोच नभएको स्पस्ट पारेकी शृंखला नयाँ विषयका साथ मिस वर्ल्डमा सहभागी भएकी छन् । उत्कृष्ट विद्यार्थी र राजनीतिक पृष्ठभूमिकी शृंखलाको मिस वर्ल्ड यात्रालाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया