Bir Bikram 2 movie paul shah, najir hussain and barsha siwakoti
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ मंसिर ८, शनिबार । निर्देशक मिलन चाम्सको निर्माण र निर्देशन रहने फिल्म ‘वीरविक्रम २’ को अहिले जोडतोडका साथ छायांकन भइरहेको छ । सुटिङ सेटबाट निर्माण टिमले केही अचल तश्बिरहरु सार्वजनिक गरेको छ । प्राप्त तश्बिरमा अभिनेत्री बर्षा सिवाकोटलाई अभिनेता द्वय पल र नाजिर हुसेनको अँगालोमा देख्न सकिन्छ । उक्त गीत खिच्न करीब २३ लाख खर्च हुने निर्देशक चाम्सले बताएका छन् । हाल छायांकन भइरहेको गीतमा रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द छ ।
अभिनेता आकाश श्रेष्ठले हात झिकेपछि उनको ठाउँमा अभिनेता पल शाहलाई अनुबन्ध गरे लगत्तै मनाङ र मुस्ताङबाट फिल्मको छायांकन सुरु गरिएको थियो । अहिले फिल्मको एक गीतको छायांकन भइरहेको छ ।
यसमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर सुन्न सकिन्छ । फिल्ममा अपर्ण सापकोटा सह(निर्माताको रुपमा रहेका छन् । नयाँ कथामा निर्माण भइरहेकाले ’वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ । फिल्ममा विनिसा भण्डारी, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाललगायतको पनि अभिनय रहनेछ ।
प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ’वीरविक्रम २’ मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ । फिल्ममा हिमाली क्षेत्रमा पाइने याकको पनि प्रमुख भूमिका रहने बताइएको छ ।
प्रतिक्रिया