Bisal Chautari Logo

जोन ऋतिक र अमिरपछि धुम ४ मा सलमान भिलेन बन्दै

- १६ चैत्र २०७०, आईतवार १३:५४ मा प्रकाशित


Salman Khan ‘Dhoom 4’!
एजेन्सी
मुम्बई, १६ चैत ।
बलिउडका चर्चित अभिनेता सलमान खान यसराज ब्यानरको सिनेमा ‘धुम’ को सिक्वेलको अर्को पार्ट ‘धुम ४’मा भिलेनको रुपमा आउन सक्ने बताइएको छ । बलिउड सञ्चार माध्ययमहरुले लेखे अनुसार अभिनेता खान चलचित्र ‘धुम ४’मा भिलेनको भुमिकामा प्रस्तुत हुनेछन् ।
चलचित्र ‘धुम’मा सबैभन्दा पहिलो पार्टमा अभिनेता जोन अब्राहम, दोस्रो पार्टमा अभिनेता ऋतिक रोशन र तेस्रो पार्टमा अभिनेता अमिर खान भिलेनको भुमिकामा प्रस्तुत भइसकेका छन् । चलचित्र ‘धुम’को चौथो पार्ट तथा ‘धुम ४’मा आदित्य चोपडा अभिनेता सलमानलाई लिन चाहेको खबर सार्वजनिक भएको हो ।
समाचारको अनुसार आदित्य चोपडा चलचित्रमा भिलेनको भुमिका निभाउने अभिनेता चर्चित अनी लोकप्रियको मामलामा अभिनेता अमिर खान भन्दा कमि नभएको ब्याक्तिको खोजिमा रहेका छन् । चलचित्र ‘धुम ३’ ले गत वर्ष (२०१३) मा बलिउड चलचित्र उद्योगको इतिहासमा सबैभन्दा बढि कमाइ गरेको थियो । संगै अहिले सम्म भएका बलिउड चलचित्रहरुका प्राय सबै रेकर्डहरु तोडेको थियो । संसारभरीबाट चलचित्र ‘धुम ३’ले ५६० करोडको ब्यापार गरेको थियो । चलचित्र ‘धुम ३’मा अभिनेता अमिर खान र अभिनेत्री कट्रिना कैफले मुख्य भुमिका निभाएका थिए ।

add

प्रतिक्रिया