Bisal Chautari Logo

धादिङबाट रेखाको ‘मालिका’को च्यारेटी सुरु || दर्शकबाट अत्याधिक राम्रो प्रतिकृया

- १४ कार्तिक २०७५, बुधबार ०५:२२ मा प्रकाशित


rekha thapa malika
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ कात्तिक, १३ मंगलबार । यही शुक्रबार अर्थात कात्तिक १६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मालिका’को च्यारेटी शो सुरु भएको छ । चर्चित अभिनेत्री रेखा थापाको चलचित्र ‘मालिका’को मंगलबार धादिङबाट च्यारेटी सुरु भएको हो । छोरीको लागि स्वर्णिम नेपालका अभियान्ताको पहलमा भएको त्यहाँको च्यारेटी शोमा रेखा आफैं त्यहाँ पुगेकी छिन् ।
‘हलको सुविधा नभएका हरेक बिकट जिल्लाका सबै ठाउँमा ‘मालिका’को च्यारेटी हुन्छ’, निर्माता, निर्देशक तथा अभिनेत्री थापाले भनिन्, ‘मालिका फिल्म मात्रै नभएर बाल बिवाह बिरुद्धको अभियान पनि हो ।’ बुधबारबाट देशका विभिन्न भू–भागमा चलचित्रको थप च्यारेटी शो हुने रेखाले जानकारी दिइन् । चलचित्र चाहिं यही शुक्रबार, कात्तिक १६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
बाल विवाह विरुद्धको कथा भन्ने मालिका मा जाजरकोटकी चौध वर्षिय बालिका कमला वली बाल बधुको भूमिकामा प्रस्तुत भएकी छन् । फिल्मको कथा रेखा र नरबहादुर कार्की मिलेर लेखेका हुन् । फिल्मका कार्यकारी निर्माता समेत रहेका कार्की अन्र्तराष्ट्रिय जीवन प्रशिक्षाक हुन् ।

रेखा फिल्मस्को ब्यानरबाट बनेको ‘मालिका’ बाट रेखा निकै आशावादी देखिएकी छिन् । ‘मालिकाबाट दर्शकले रेखा थापालाई हेर्ने नजर परिवर्तन गर्नु हुनेछ र यो फिल्म देशकै अभियान बन्नेछ’, रेखाको भनाई छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया