Bisal Chautari Logo

देबेशको संगीतमा मनोज र ससिकाको ‘माया नमार’ म्युजिक भिडिया सार्वजनिक (भिडियो सहित)

- २१ आश्विन २०७५, आईतवार ०५:१६ मा प्रकाशित


Manoj Thapa Magar & Sasika Rai song maya namara Debesh Rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ आशोज, २१ आइतबार । गीतकार तामाङ इन्दुको शब्दमा रहेको ‘माया नमार’ बोलको म्युजिक भिडिया सार्वजनिक भएको छ । पुर्वेली लोकभाका झल्काउनले गीतमा गायक तथा संगीतकार देबेश राईको संगीत तथा एरेञ्ज रहेको छ । यस गीतमा गायक मनोज थापा मगर र ससिका राईको स्वर रहेको छ ।

भिडियो हेर्नुहोस् :-


सार्वजनिक गीतमा गाउबेसीमा फुल्ने माया पिरतीलाई झल्काएको छ । गीत अनुसार म्युजिक भिडियोपनि बनेको छ । म्युजिक भिडियोमा उमेश राई फुलन्देको आमाको साथमा गायिका स्वयम ससिका फिचरिङ छन् । यस गीतको भिडियोलाई फरज अर्पणले निर्देशनसंगै सम्पादन र खिचेका छन् ।

प्रतिक्रिया