Bisal Chautari Logo

बलात्कारीलाई फाँसी दे भन्दै पेटिकोटपछि कपाल मुन्डन पारिन् साबित्रीले (भिडियो हेर्नुहोस्)

- १२ भाद्र २०७५, मंगलवार ०९:४५ मा प्रकाशित


Sabitri Subedi
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ भाद्र १२, मंगलबार । बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा अधिकारकर्मीले आज कपाल मुण्डन गरेका छन् । संविधान संशोेधन गरेर जघन्य खालका बलात्कारका घटनामा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले कपाल मुण्डन गरेका हुन् ।रिपोटर्स क्लव नेपालमा अधिकारकर्मीले पत्रकार सम्मेलन गर्दै कपाल मुण्डन गरेका थिए । यसरी कपाल मुण्डन गर्नेमा अधिकारकर्मी साबित्री सुवेदी, प्रकाश गौतम, जितेन वान्तवा, ङावाङ नुरि शेर्पा, किशोर बुढाथोकी र हरी प्रसाद दुलाल रहेका छन् ।

भिडियो हेर्नुहोस् :-

पत्रकार सम्मेलनमा कपाल मुण्डन सरकारलाई बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको कानून बनाउन दबाब दिने अभियान भएको बताइन् ।
भदौ २ गते माईतीघर मण्डलामा पेटिकोट लाएर प्रदर्शन गरेका अधिकारकर्मीले नयाँ नयाँ तरिकाले आन्दोलन गरिरहेको छन् ।

प्रतिक्रिया