Bisal Chautari Logo

खाली हलमा इनास अवार्ड वितरण

- १८ चैत्र २०७०, मंगलवार ०८:२६ मा प्रकाशित


eNasha-film-award-2014
विशाल चौतारी समाचार
काठमाडौं, १८ चैत ।
गत आइतवार साँझ नेदरल्यान्डमा सम्पन्न भएको दोस्रो इनास अवार्ड २०१४ खाली हलमा केही कलाकारहरुको माझमा वितरण गरिएको छ ।
इनास अवार्डका लागि गत साता चलचित्रकर्मीहरु क्रमश : निर शाह, उद्धव पौड्याल, अभिनेत्री निशा अधिकारी चलचित्र विकास बोर्डका प्रवत्ता अनुपम निरौला, निर्माता सुनिल रावल, राजेश घतानी लगायतको टोली त्यसतर्फ गएको थियो ।
इनास अवार्ड २०१४ मा सुनिल रावलको चलचित्र ‘होस्टेल’ले उत्कृष्ट अवार्डको हात पारेको छ । त्यस्तै सर्वोत्कृष्ठ अभिनेताका लागी चलचित्र ‘धन्दा’बाट अर्पण थापा र  सर्वोत्कृष्ठ अभिनेत्रीका लागी चलचित्र ‘काली’बाट अभिनेत्री रेखा थापाले अवार्ड चुमेका छन् । चलचित्र ‘काली’बाटै निर्देशक सविर श्रेष्ठपनि सर्वोत्कृष्ठ निर्देशकमा उत्कृष्ट भए ।
नेपाल चलचित्र प्राविधिक संघले चलचित्रहरु क्रमश : ‘धन्दा’, ‘होस्टेल’, ‘काली’, ‘साँघुरो’ र ‘मौन’लाई दोस्रो इनास अवार्डको लागि प्रतिस्पर्धामा पठाएको थियो । जसमा चलचित्र ‘साँघुरो’ बाहेक सबै चलचित्रले अवार्ड पाए । अवार्डमा सुरज भूषालद्धरा निर्देशित चलचित्र ‘मौन’ लाई वेष्ट जुरी अवार्ड दिइएको थियो ।
निर्देशक सविर श्रेष्ठ, अभिनेता अर्पण थापा, निर्मात्री दुगिर्श थापालाई भने नेदरल्यान्ड दुतावासले भिसा दिन अस्विकार गरेको थियो ।

add

प्रतिक्रिया