Bisal Chautari Logo

रेवत र चन्द्रकलाको ‘आज मेरो मायालुले’ गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

- ११ श्रावण २०७५, शुक्रबार ०८:१३ मा प्रकाशित


Rewat Rai & Chandrakala Rai song Aaja Mero Mayalu Le
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण ११, शुक्रबार । पछिल्लो समयका उदयिमान गायक रेवत राईको पछिल्लो गीति भिडियो रिलिज भएको छ । युट्युवमा सार्वजनिक गीत रोमान्टिक फ्लेभरको छ । रेवतसँगै चन्द्रकला राईले गीतमा स्वर दिएकी छिन् ।
‘आज मेरो मायालुले’ बोलको आधुनिक गीतमा संगीत दीपक शर्माको छ । शर्माले नै गीतका शब्दहरु लेखेका हुन् । एरेञ्ज रिकेश श्रेष्ठले गरेका छन् । नवल नेपालले भिडियो निर्देशन गर्दा व्यस्त मोडल तथा अभिनेता पुष्प खड्काले मोडल मीरा कार्कीसँग कम्मर मर्काएका छन् ।
भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । सुप्रिम पराजुलीले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी गम्भिर बिष्टको छ । सार्वजनिक गीत गायिका चन्द्रकलाको सोलो एल्बम ‘सोल्टी हजुर’मा समावेश छ ।

प्रतिक्रिया