Bisal Chautari Logo

जन्मदिनमा गायिका तायाहाङ्मा राईको तेस्रो एल्बम ‘कान्छी’ सार्वजनिक

- २१ असार २०७५, बिहीबार ११:०६ मा प्रकाशित


tayahangma rai album kanchhi
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ २१, बिहिबार । जादुमयी स्वरकी धनी गायिका तायाहाङ्मा राई दर्शक तथा श्रोतामाझ ‘कान्छी’ एल्बम लिएर आएकी छिन् । तायाहाङ्माले जन्मदिनको अवसर पारेर गत मंगलबार आफ्नो तेस्रो एल्बम ‘कान्छी’को सार्वजनिक गरेकी हुन् ।
एल्बमलाई बरिष्ठ गायक तथा संगीतकार गणेश रसिकले सार्वजनिक गरेका थिए । एल्बम विमोचन तथा जन्मदिनमा किरातेम्मा ग्रुपका सत्यकला राई, पार्वती राई, बेनुका राई, सरला राई, राधिका राई, मेनुका राई, निलम रोजु राई र ममता राईको बधाई दिन पुगेका थिए । त्यस्तै गायक देबेश राई, रेवत राई, बिक्रम राई, अजर जंगम, गायिका बानिका प्रधान, अर्पना श्रेष्ठ, मनिता राई र ससिका राईपनि बधाइ तथा शुभकामना दिन पुगेका थिए । बिएफबिएस रेडियोबाट प्रत्यक्ष प्रसारण गरेर ‘कान्छी’ सार्वजनिक गरिएको थियो ।
गीतकार, संगीतकार तथा समाजसेवी चन्द्र लामाको लगानीमा बनेको ‘कान्छी’ एल्बममा ८ वटा गीत समावेश छन् । जसमा ‘लाम त माया, बााझो पर्‍र्यो कि, डम्फु र सेलो, कुरी रहो, वौश फूल्यो, हरेक दिन, लोरी सुनाउा न र मौलिक हाम्रो पहिचान बोलका गीत रहेका छन् । पूर्वेली लाक आधाुनिक शैलीका गीतहरुमा चन्ऽ लामा, प्रकाश थाम्सुहाङ, विराट गौतम, रुपक वनबासी, स्वप्निल लिम्बू र गायिका स्वयम तायाहाङ्माको शब्दरचना रहेको छ । त्यस्तै एल्बममा गणेश पराजुली, चन्द्र लामा, विराट गौतम, राज सागर, दिनेश सुब्बा, पुजन लोहागन, सिवसंगम राई र एक गीतमा गायिका स्वमकै संगीत रहेको छ ।
नेपाली संगीत क्षेत्रमा ७ वर्षको अनुभवसंगै, डा. किरातसंग औपचारीक रुपमा ४–५ वर्ष संगीत क्लास लिइसकेपछी गायिका तायाहाङ्गमा राईले एल्बम ल्याएकी हुन् । २०६७ सालमा आधुनिक गीत स्वर परिक्षा पास गर्दै २०६८ सालमा लोकतन्त्र दिवसमा आयोजित काठमाडौमा राष्ट्रब्यापी गायन प्रतियोगीतामा प्रथम भएकी थिइन् । एल्बम सार्वजनिक गरेपछि गायिका तायाहाङले दर्शक तथा श्रोताको माया र हौसलाले ‘कान्छी’ ल्याउन सफल भएको बताइन् । उनले आगामी दिनमा पनि दर्शक तथा श्रोताबाट माया, साथ र हौसला पाउनेमा अपेक्षित रहेको बताइन् ।

प्रतिक्रिया