Bisal Chautari Logo

चलचित्र ‘पुरानो बुलेट’ फ्लोरमा || अनुपले वर्षा र मालासंग रोमान्स गर्ने

- १७ असार २०७५, आईतवार ०४:२५ मा प्रकाशित


purano bullet movie anoop bikram shahi, barsha siwakoti and mala limbu
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ १७, आइतबार । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘पुरानो बुलेट’को छांयाकन असार १६ गते शनिबारदेखी सुरु भएको छ ।
चलचित्र ‘पुरानो बुलेट’ शनिबार काठमाडौंबाटै छायांकन शुभारम्भ भएको निर्माण पक्षले जनाएको छ । काठमाडौंको बिभिन्न स्थानमा छायांकन सकेर पुरानो बुलेट निमार्ण टिम पूर्वाञ्चल प्रदेश नं. १ तर्फ लाग्ने कार्यकारी निर्माता सन्तोष राईले बताए ।
पत्रकारीतामा लामो समयदेखी काम गरिरहेका भिषण राईले यो चलचित्रबाट निर्देशनमा डेब्यु हुन् । सुटिङ सेटबाट निर्देशक भिषणले भने ‘टिम मिलेर राम्रो चलचित्र बनाउने प्रयास गर्छौं ।’ पूर्वाञ्चलका विभिन्न स्थानहरुमा ‘पुरानो बुलेट’ को छायांकन हुने निर्देशक भीषण राईले जानकारी दिए ।
यस चलचित्रमा चर्चित अभिनेता अनुप विक्रम शाही, अभिनेत्री द्वय वर्षा सिवाकोटी र माला लिम्बु प्रमुख भूमिका रहेका छन् । चलचित्रमा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
१ करोड बढीको लागतमा निर्माण हुन लागेको चलचित्रलाई अशोक कुमार राई, दीपेन्ऽ लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गर्दैछन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।
निर्देशक भिषण र कार्यकारी निर्मातामा सन्तोष सन्तोषको कथा–पटकथा रहेको छ । हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाको संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ । यस चलचित्रको कोरियोग्राफी प्रसान्त तामाङले गर्नेछन् ।

प्रतिक्रिया