Bipin Karki best movie HARI
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ जेठ ४, शुक्रबार । चर्चित अभिनेता बिपिन कार्कीले अहिले सम्म आफुले गरेको चलचित्र मध्ये सबैभन्दा सन्तुष्ट भएको फिल्म ‘हरी’ बताएका छन् । अभिनेता कार्की शिर्ष भूमिकामा प्रस्तुत भएको फिल्म ‘हरी’ को प्रदर्शन मिति यही जेठ १८ गतेलाई पक्का गरिएको छ ।
बिहिबार गरिएको प्रेसमिटमा अभिनेता बिपिन कार्कीले आफ्नो लागि हरी फिल्म बिशेष भएको बताएका छन् । ‘खासमा मैंले गर्न चाहिरहेको फिल्म भनेको हरी नै हो’, राष्ट्रिय पुरस्कार विजेता बिपिनले भने, ‘भोली व्यापारिक रुपमा हरी नचलेपनि म हरी जस्ता फिल्महरु खेल्नेछु ।’
सफल केसी र प्रतिक गुरुङको संयुक्त निर्देशन रहेको फिल्म ‘हरी’ मा बिपिन समयमा चल्ने एक कर्मचारीको भूमिकामा छन् । उनीसागै फिल्ममा सुनिता ठाकुर, कमलमणी नेपाल, थिन्ले ल्होमो,लक्ष्मी वर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, रामभजन कामत र सुनिशा बजगााइको अभिनय रहेको छ ।
प्रोमो हेर्नुस :
WRITTEN & DIRECTED BY SAFAL K.C & PRATIK GURUNG
EXECUTIVE PRODUCER
YAGYESHWOR PAUDEL, THAKPA TAMANG & MADAV THAPA
BIPIN KARKI, SUNITA SHRESTHA THAKUR, KAMAL MANI NEPAL, THINLEY LHAMO, LAXMI BARDEWA, LOKNATH ACHARYA, PRAKASH GANDARVA, RAM BHAJAN KAMAT & SUNISHA BAJAGAIN
प्रतिक्रिया