Bisal Chautari Logo

‘गोपी’ निर्माणको औपचारिक घोषणा, सुरक्षा र खगेन्द्र पुन: पर्दामा

- १९ बैशाख २०७५, बुधबार ०७:१८ मा प्रकाशित


Khagendra lamichhane & surakshya panta Movie ‘gopi’

विशाल चौतारी समाचार
इलाम, २०७५ बैशाख १८,बुधबार। चलचित्र ‘घामपानी’ निर्देशन गरेर दर्शकको मन जितिसकेका निर्देशक दिपेन्द्र लामाको दोश्रो निर्देशन रहने चलचित्र ‘गोपी’को औपचारिक निर्माण घोषणा भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच यस चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘धनपति’ मा पहिलो पटक स्क्रिन साटेका लेखक तथा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तबीच पुनः दोश्रो चलचित्र ‘गोपि’ मार्फत टिमअप भएसँगै यो जोडिले फेरी एकसाथ चलचित्र ‘गोपी’ गर्ने भएका हुन्।

भदौ १ गतेबाट छायांकन सुरु हुने यस चलचित्रले नीजि व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुत सफलता हात पार्ने एक युवाको कथा बोल्नेछ ।

निर्देशन दीपेन्द्र लामाकै कथा समेटियको यस चलचित्रका पटकथाकार सामिप्यराज तिमल्सेना रहने छन् । चलचित्रमा खगेन्द्र र सुरक्षाका अलावा अंकित खड्का र प्रकाश घिमिरेको पनि अभिनय रहनेछ । अन्य कलाकार छनौट हुन बाँकी रहेको निर्देशक लामाले जानकारी दिए ।

प्रतिक्रिया