Bisal Chautari Logo

बुद्ध जयन्तीमा गोर्खे सलाम (भिडियो)

- १८ बैशाख २०७५, मंगलवार ०५:४४ मा प्रकाशित


New nepali music video ‘gorkhe’ song release

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १६,आइतबार। बुद्ध जयन्तीको अवसर पारेर गायक तुल साम्सोहाङ राईले राष्ट्रिय भावना बोल्ने ‘गोर्खे सलाम…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

अमेरिकामा बसोबास गरिरहेका गायक राईको उक्त गीतमा टंक बुढाथोकीको शब्द तथा संगीत छ । गीतमा बुढाथोकीले नै संगीत संयोजनको काम गरेका छन् । उक्त गीत गायक राईको ‘समिश्रण’ एल्बममा समावेश छ । मेलोडियस शैलीको यो फास्ट गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ ।

निर्मल लामाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई भिमफेदी गाइजका कलाकारले आकर्षक बनाएका हुन् । निर्देश्ँक लामा पनि भिमफेदी गाइजकै सदस्य हुन् । अंग्रेजीमा उप शीर्षक राखिएको उक्त गीतको भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् । द मोन्टाजद्वारा छायांकन गरिएको भिडियोमा भीमफेदी गाइजका कलाकारहरुलाई द स्टार यूथ डान्स ग्रुप, दम्की रक्स तथा चिउरी बगैंचा गाईजका कलाकारहरुले पनि साथ दिएका छन् ।

भिडियो:

प्रतिक्रिया